नियम १३
अपाङ्गता भएका व्यक्तिका छोराछोरीका लागि छात्रवृत्तिको व्यवस्था
: (१) नेपाल सरकारले पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका असहाय विपन्न वर्गका नागरिकका छोराछोरीलाई स्वदेशमा स्नातक तहसम्मको शिक्षा हासिल गर्न छात्रवृत्ति उपलब्ध गराउनेछ ।
(२) उपनियम (१) बमोजिमको छात्रवृत्ति प्राप्त गर्न चाहने पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका असहाय विपन्न वर्गका नागरिकका छोराछोरीले सम्बन्धित शैक्षिक संस्थामा भर्ना गरेको प्रमाण, सम्बन्धित स्थानीय तहको सिफारिस, परिचयपत्रको प्रतिलिपि तथा नाता प्रमाणित र विपन्नताको सिफारिस लगायतका कागजात पेश गर्नु पर्नेछ ।